रगत बटुलेर जनयुद्ध दिवस 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 13:42:43

32207-20180213134243.jpg

भद्रपुर । २३औं जनयुद्ध दिवसको अवसर पारेर आज भद्रपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिलासहित २० जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा माओवादी केन्द्रका नेता राजु आचार्य अग्निको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

यता कमल गाउँपालिका ३ मा पनि सोही अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

रक्तदान कार्यक्रममा ४४ जनाले रगत दान गरेको आयोजकका सहसंयोजक गोविन्द तिवारीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको सभापतित्व सो पार्टीका कमल गाउँपालिका संयोजक प्रताप सुब्बाले गरेका थिए ।

प्रतिकृया दिनुहोस