धरमपुर खानेपानीको क्षतिबारे नगरप्रमुख सहितको टोलीले गर्यो स्थलगत अवोलकन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 07:39:44

32198-20180213073944.jpg

धरमपुर (शिवसताक्षी) । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले वडा नं २ व्याङडुग्रामा निर्माणाधिन धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्थलगत अवोलकन गरेका छन् । 

गएको साउन २७ र २८ गतेको वर्षातसँगै लेलिया खोलामा आएको बाढीले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कम्पाउण्डमा क्षति पुर्याएको थियो । साविक धरमपुर वडा नं ६ मा निर्माणधिन संरचनालाई स्थानीयदाताले ६ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएका हुन् । 

बाढीले कम्पाण्डको पूर्वतर्फको भाग लेलिया खोलासँगै भासिएको छ । सो समितिका अध्यक्ष एवम् धरमपुर गाविसका पूर्वअध्यक्ष होमप्रसाद गौतमले जनाएअनुसार साउनको लगातारको वर्षातले क्षति पुर्याएको हो । चैत महिनाबाट निर्माण कार्य शुरु गरिएको ६ कठ्ठा जमिनको वरीपरी पर्खाल (कम्पाण्ड) लगाइसकेको अध्यक्ष गौतमले जानकारी दिए । 

नगरप्रमुख शेर्मा, उपप्रमुख नेपाल, नेकपा एमाले झापाका सचिवालय सदस्य राधाकृष्ण खनाल, उपभोक्ता समितिका अध्यक्ष गौतमलगायत स्थानीयबासीले स्थलगत अध्ययन र अवोलकन गरेका थिए । सो क्रममा नगर प्रमुख शेर्माले भासिएको कम्पाण्डलाई उठाउनको निम्ति खोलाको सतहबाट ढुङ्गाको तार–जालीसहित पूर्वाधार निर्माण गर्न सल्लाह दिए ।

प्रतिकृया दिनुहोस