समानुपातिमा नियम मिचेर सिफारिस


नागरिक दैनिक, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 07:12:34

32193-20180213071234.jpg

काठमाडौं। निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा राजनितिक दलहरुले नियम मिचेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले समावेशी समूह र क्रम संख्या मिचेर नामावली पठाएको निर्वाचन आयोगले जनाएको छ। नेकपा एमाले र संघीय समाजवादी फोरमले भने कानुनअनुसार नामावली पेस गरेका छन्।

समावेशी समूह र क्रमसंख्या मिच्ने तीन दललाई निर्वाचन आयोगले पुन : पठाउने भएको छ। पाँच दलले प्रतिनिधिसभा समानुपातिकतर्फ विजयी हुने उम्मदवारको नामावली सोमबार पेश गरेका हुन्। आयोगले तीन दिनको समय दिएर पहिले बुझाएको बन्दसूची र क्रमसंख्याका आधारमा नाम पठाउन चिठी पठाएको थियो।

प्रतिकृया दिनुहोस