विद्यार्थीको दाँत जाँच्न स्कूलमै शिविर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 06:41:57

32191-20180213064157.jpg

दमक । यहाँस्थित ढुकुरपानी माविका विद्यार्थीको दाँत परीक्षण गर्न स्वास्थ्य शिविर गरिएको छ ।
 
सोमबार लायन्स क्लब अफ उर्लाबारी ग्रीन भिलेजको आयोजनामा विद्यार्थीको दाँत परीक्षण गरिएको क्लबका अध्यक्ष गंगा ढकालले जानकारी  दिए । 

शिविरमा १७५ जनाले दन्त परीक्षण गराएको र अधिकांशको दाँत ट्यूववेल (चापाकल)को पानीका कारण दाँत खिइने र कालो छिप्रा बस्ने खराबी देखिएको दन्त चिकित्सक पवनकुमार सिंहले बताए ।

कार्यक्रममा लायन्सको एरिया कोअर्डिनेटर विजय कार्की, रिजनल चेयर पर्सन अजय अग्रवालले लायन्सको विषयमा जानकारी दिएका थिए । 

विद्यालयका प्रधानाध्यापक रघु भट्टराईले आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी दन्त स्वास्थ्य शिविर सञ्चालन गरेकोमा प्रशंसा गरे । 

दन्त शिविरमा प्रविधिक सहयोग ओम शान्ति डेन्टल हस्पिटलले गरेको थियो । 

प्रतिकृया दिनुहोस