वीरता जेसीजमा पद हस्तान्तरण


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 06:31:14

32190-20180213063114.jpg

बिर्तामोड । सन् २०१८ का लागि वीरता जेसीजका अध्यक्ष चयन भएका एकराज गिरीले सोमबार पदभार ग्रहण गरेका छन् । 

बिर्तामोडमा भएको ३७औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहकाबीच अध्यक्ष गिरीले पदभार ग्रहण गरेका हुन् । सन् २०१७ का अध्यक्ष सञ्जु भारतीको गलामा रहेको जेसीज चेन पूर्व अध्यक्षहरुले सन् २०१८ का अध्यक्ष गिरीलाई लगाइदिएर पदभार हस्तान्तरण गरेका हुन् । त्यसक्रममा सन् २०१७ का अध्यक्ष भारतीले सन् २०१८ का अध्यक्ष गिरीलाई शपथ गराए ।
 
सन् २००४ बाट जेसीजमा प्रवेश गरेका अध्यक्ष गिरीले आफ्नो मन्तव्यको क्रममा जेसीजलाई व्यक्तित्व र नेतृत्व विकास गर्ने विद्यालयको रुपमा विकास गर्दै सदस्यहरुमा सामाजिक र मानवीय सेवाभाव जागृत गराउने बताए । उनले सबैको साथ पाए वीरता जेसीजलाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए ।
 
वीरता जेसीजका पूर्वअध्यक्ष प्रशान्त भण्डारीले अध्यक्ष गिरीसहित नयाँ कार्य समितिको नाम घोषणा गरे भने पत्रकार लक्ष्मण ढकालले अध्यक्ष गिरीको व्यक्तित्वको परिचय प्रस्तुत गरे ।

समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले मन्तव्य राखेका थिए ।

समारोहमा दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार नगदसहित सन् २०१७ का महासचिव जीवनकुमार खड्कालाई पुरस्कार संस्थापक परिवारको तर्फबाट यादव रिमालले प्रदान गरे । 

नवनिर्वाचित अध्यक्ष गिरीले विभिन्न पदमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिँदै पद तथा गोपनीयताको शपथ गराएका छन् । कार्यसमितिको कानूनी सल्लाहकारमा दिवाकरलाल चौधरी, महासचिवमा बिनोद पाण्डे कमल, कोषाध्यक्षमा जीवनकुमार खड्का, प्रकरण निर्देशकमा विशाल थापा, सह–कोषाध्यक्षमा घनश्याम चौधरीलाई मनोनित गरेका छन् । 

प्रतिकृया दिनुहोस