आयोजक नव ज्योति युवा क्लबको विजयी शुरुवात


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २८ 21:53:14

32164-20180211215314.jpg

मेचीनगर । जिल्ला स्तरीय फुटबलको उद्घाटन खेलमा आयोजक नव ज्योति युवा क्लब विजयी भएको छ । नव ज्योति युवा क्लबले आयोजना गरेको मेचीनगर ३ वडाखालमा भएको खेलमा  इलाम फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै आयोजक सेमीफाइनलमा प्रवेश गरेको हो ।

खेलको २० औँ मिनेटमा इलामले गोल गर्दै लिएको अग्रतालाई खेल सकिन ३ मिनेट रोक्न नसक्दा इलाम घर फर्कन बाध्य भएको थियो । आयोजकका गोलरक्षकले फल्ड गरेपछि इलामले पाएको पेनाल्टी सदुपयोग गर्दै १ गोलको अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम समयमा गोलरक्षक सनम धिमालले फल्ड गरेपछि इलामले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरमा आयोजकका मनोज सुब्बाको प्रहारलाई विपक्षी गोलरक्षक बालमिकी राईले बचाए । खेलको इन्जुरी समयमा आयोजकका प्रदीप राईले गोल गरेपछि खेल बराबरी भएको थियो । निर्धारित समयमा १÷१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेल्लिएको आयोजकका सचिव सुमन थापाले बताए ।  
टाइब्रेकरमा आयोजकका जनक धिमाल, सन्तोष दाहाल, सुमन राई, आषिश राईले गोल गरेका थिए । इलामका रुपेन तामाङ र सुभाष लिम्बूले गोल गरेका थिए भने भवेश लिम्बू र सनम लिम्बूको प्रहार बाहिर गएको थियो ।


खेलको म्यान अफ द म्याच आषिश राई घोषित भए । उनलाई नव ज्योति निमावि प्रधानाध्यापक सोम आचार्यले नगद प्रदान गरेका थिए । सोमवारको खेल मुनाल क्लब चन्द्रगढी र धुलावारी फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष भवनाी गिरीले बताए ।   
 

प्रतिकृया दिनुहोस