पहिलो पाइलाको कचनकवलमा सेवाकेन्द्र


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २८ 21:43:19

32163-20180211214319.jpg

भद्रपुर । ग्रामीण भेगका कृषकलाई मध्यनजर गर्दै पहिलो पाइला बहुद्दश्यीय सहकारी संस्था भद्रपुरले कचनकवलमा पहिलो सेवा केन्द्र स्थापना गरेको छ ।

झापा क्षेत्र नम्वर ३ ख का प्रदेश संसद पूर्णसिंह राजवंशीले उद्घाटन गरेको सम्पर्क कार्यालय कचनकवल ३ स्थित डाँगीवारी बजारमा स्थापना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संसद राजवंशीले कृषि र सहकारीलाई जोडेर सवल तथा सम्बृद्ध नागरिक जीवन बनाउनलागि पर्ने बताएका छन् । ग्रामीण जनजीवन अब सम्बृद्ध बन्नका लागि राज्यले कृषि र सहकारीलाईसंगै लिएर हिड्नु पर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष सनिप कुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धान सुपरजोनका अध्यक्ष नवराज भट्टराई, सहकारी संघका जिल्ला सचिव युवराज ढकाल, कृषि विज्ञ डा. कैलाश भूडेरले मन्तव्य राखेका थिए भने लिलाधर प्रसाद राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य पवित्रा बस्नेत गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस