झापाको शिवसताक्षीमा टी–२० क्रिकेट हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २८ 21:01:18

32161-20180211210118.jpg

शिवगञ्ज । झापाको शिवसताक्षीमा पूर्वाञ्चलस्तरीय नकआउट टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । शिवसताक्षी वडा नं. ६ स्थित शिव स्पोर्टिङ क्लब शिवगञ्जको आयोजनामा  फागुन १ गतेबाट प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा आयोजकको २ वटा टोलीसहित जम्मा १२ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मनोज कार्कीले जानकारी दिए । प्रतियोगितामा विराटनगर, इटहरी, मधुमल्ला, दमक, धाइजन, भद्रपुर, शनिअर्जुन, सुरुङ्गा, मदरगाछ, पथरी लगायत स्थानका टोलीले सहभागिता जनाउने खेल परिचालन समितिका संयोजक मिलन शाहले जानकारी दिए ।

उद्घाटन खेल भने आयोजक समिति र भद्रपुरबीच हुने जनाइएको छ । शिवगञ्जस्थित जन आदर्श उच्च माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेतालाई नगद ३५ हजार तथा उपविजेता टोलीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

खेलको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट फिल्डर, फेयर प्ले टिम लगायतलाई परस्कृत गरिने बताइएको छ । खेलमा लगातार तीन छक्का प्रहार गर्ने तथा खेल अवधिभर ४ वटा क्याच लिने खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

कुल १ लाख ७५ हजार रुपैयाँमा प्रतियोगिता सम्पन्न गर्ने आयोजकको लक्ष्य छ । जम्मा ११ वटा खेल सञ्चालन हने प्रतियोगिता १० दिनसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस