एनएमसीको अभिमुखकिरण तालिम सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २८ 20:38:59

32160-20180211203859.jpg

शरणामती । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति युवा सरोकार समितिको आयोजनामा एकदिने युवा उद्यम अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

शरणामतीस्थित रेडव्रmस सामुदायिक भवनमा सम्पन्न अभिमुखिकरणमा एनएमसीसँग आवद्ध युवा सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । समितिका एकेन्द्र उप्रेती, राजु उप्रेती तथा चेतन शर्मा पौडेलले तालिमको सहजीकरण गरेका थिए । शरणामती क्षेत्रका सयबढी युवाले तालिममा सहभागी जनाएको थिए ।

एनएमसी शरणामती कार्यालयगत समिति सदस्य रंगलाल दाहालको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा स्वागत एनएमसी शरणामती कार्यालयगत समिति सदस्य बसुन्धरा थपलियाले गरेकी थिइन् । कार्यव्रmममा सामुदायिक भवनका अर्जुन अधिकारी, नवीन तामाङलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन रंगलाल पाठकले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस