प्रदेश ६ : एमालेका शाही सभामुखमा निर्विरोध


अनलाइन, प्रकाशित मिति : २०७४ ,माघ , २८ 18:07:12

32159-20180211180712.jpg

काठमाडौं l प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।  प्रदेश सभामुखमा शाहीका विरुद्ध कसैको उम्मेदवारी नपरेपछि उनी सभामुख चुनिएका हुन्।

शाही दैलेख-२ (ख)  प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

यो प्रदेशमा माओवादी केन्द्र र एमालेबीच मुख्यमन्त्री र सभामुख बाँड्ने सहमति भएको थियो।

यो प्रदेशमा माओवादीले कालिकोटका महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस