राधिका तामाङ प्रदेश ३ को उपसभामुख


एजेन्सी, प्रकाशित मिति : २०७४ ,माघ , २८ 17:35:18

32158-20180211173518.jpg

हेटौंडा । प्रदेश नम्बर ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।

वाम गठबन्धनका तर्फबाट तामाङको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान छन् ।

यसअघि नेपाली कांग्रेसले पनि उपसभामुख आफूले पाउनुपर्ने दाबी गरे पनि उम्मेदवारी भने दिएन । नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्रीसमेत हुन् ।

सभामुखमा भने यसअघि नै नेकपा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस