एमालेले आयोग पठायो ४१ जनाको नाम 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २८ 17:03:54

झापाबाट बिमला विक र कुमारी मेचे सांसदको सूचिमा

32156-20180211170354.jpg

झापा । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम टुङ्गो लगाउँदै आजै निर्वाचन आयोगसमक्ष पेश गरेको छ । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई उम्मेदवारहरु छनोट गरेको केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गरेर जानकारी दिएका हुन् ।

एमालेले प्राप्त गरेको मतका आधारमा ४१ जनाले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्न पाएका हुन् । संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएकाले ४१ जनामध्ये ४ जना पुरुष र बाँकी सबै महिलाको नाम सिफारिस गरिएको छ ।

एमालेले निर्वाचन आयोगमा पठाएका नामहरुमध्ये झापाबाट कुमारी मेचे (आदिवासी जनजाति÷महिला), बिमला विक (दलित÷महिला)को नाम समावेश गरिएको छ ।

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य चयन गरिएका उम्मेदवारहरुको नामावलि विवरणः  

१.     मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२.    विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३.    मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४.    मोतीलाल दुगड (मधेसी/पुरुष)
५.    थममाया थापा (आदिवासी जनजाति/महिला)
६.    डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७.    सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८.    रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९.    बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०.    कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११.    नबिना लामा (आदिवासी जनजाति/महिला)
१२.    शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३.    कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४.    बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५.    राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६.    बिन्दा पाण्डे (खसआर्य/महिला)
१७.    गोमा देवकोटा (खसआर्य/महिला)
१८.    कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९.    निरुदेवी पाल (खसआर्य/महिला)
२०.    मनकुमारी जिसी (खसआर्य/महिला)
२१.    मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२.    विष्णु शर्मा (खसआर्य/महिला)
२३.    सरिता न्यौपाने (खसआर्य/महिला)
२४.    मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५.    तीर्था गौतम (खसआर्य/महिला)
२६.    शान्ता चौधरी (थारु/महिला)
२७.    लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८.    गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९.    निरादेवी जैरु (दलित/महिला)
३०.    बिमला विश्वकर्मा (दलित/महिला)
३१.    बिमला विक (दलित/महिला)
३२.    पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३.    सानु शिवा (दलित/महिला)
३४.    आशाकुमारी विक (दलित/महिला)
३५.    जुलीकुमारी महतो (मधेसी/महिला)
३६.    डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७.    सरलाकुमारी यादव (मधेसी/महिला)
३८.    रेखाकुमारी झा (मधेसी/महिला)
३९.    सरिताकुमारी गिरी (मधेसी/महिला)
४०.    कालिला खान (मुस्लिम/महिला)
४१.    समिना हुसेन  (मुस्लिम/महिला)

प्रतिकृया दिनुहोस