प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ


अनलाइन, प्रकाशित मिति : २०७४ ,माघ , २७ 14:45:23

32131-20180210144523.jpg

काठमाडौं । प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठको मात्रै सभामुखमा उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो ।

श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।  एमाले वैकल्पिक पोलिब्यूरो सदस्य एवंं उपत्यका इन्चार्ज  समेत रहेका श्रेष्ठ  काठमार्डौ जिल्ला विकास समिति पूर्व सभापति रहेका थिए । आधिकारिक घोषणा भने साढे १ बजेपछि गरिनेछ ।

प्रतिकृया दिनुहोस