एनएमसीले दियो युवा उद्यम तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २६ 21:19:56

32117-20180209211957.png

गोलधाप (झापा) । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति युवा सरोकार समितिको आयोजनामा एकदिने युवा उद्यम अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

गोलधापस्थित जनजागृति माविमा शुव्रmबार सम्पन्न अभिमुखिकरणमा एनएमसीसँग आवद्ध युवा सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको थियो । तालिममा समितिका एकेन्द्र उप्रेती, राजु उप्रेती तथा चेतन शर्मा पौडेलले सहजीकरण गरेका थिए ।

तालिममा युवाले एनएमसीले अभियानको रुपमा सञ्चालन गरेको स्वरोजगारका निम्ति व्यक्तिगत फारम भरेका थिए । संस्थाले युवापुस्तालाई उद्यमशील एवम् स्वरोजगार बनाउने उद्देश्यका साथ यसप्रकारको अभियान सञ्चालन गरेको जानकारी दिइएको छ । 

एनएमसी गोलधाप कार्यालयगत समितिका संयोजक कपिलमणि चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एनएमसी गोलधाप कार्यालयका अपरेसन इन्चार्ज गीताञ्जली पौडेलले गरेकी थिइन् । ६० जना युवाको सहभागितामा सम्पन्न तालिममा जनजागृति माविका प्रधानाध्यापक हरिप्रसाद संग्रौला, गोलधाप प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठ, जनजागृति माविका एनएमसी स्टुडेन्ट सेभिङ क्लबका कोर्डिनेटर रामबहादुर दाहाललगायतको विशेष सहभागिता रहेको थियो ।

त्यसैगरी संस्था अन्तर्गतको रेमिटान्स सरोकार समितिको आयोजनामा एकदिने रेमिटान्स सम्बन्धी सचेतना कार्यव्रmम बाहुनडाँगीमा सम्पन्न भएको छ । 

बाहुनडाँगीस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा एनएमसी रेमिटान्स सरोकार समिति संयोजक सावित्रा दाहालले वित्तीय साक्षरता र समिति सदस्य एकेन्द्र उप्रेतीले एनएमसी र रेमिटान्स विषयमा सहजीकरण गरेका थिए । एनएमसी बाहुनडाँगी कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव मुक्ति थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस