केपि ओलीले देखाएको राष्ट्रियता पनि सम्मान योग्य छः प्रवक्ता शर्मा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २६ 20:56:04

32113-20180209205604.jpg

काँकरभिट्टा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा अर्कालाई गाली गर्ने बानीको अन्त्य गर्नुपर्ने बताएका छन । काँकरभिट्टा स्थित सामुदायिक हलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले एक—अर्का माथि आरोप प्रत्यारोप गरेर देश नबन्ने बताए ।

माओवादीले सञ्चालन गरेको १० बर्षे सशस्त्र द्वन्द्वमा हिंसा भयो तर त्यसको सकरात्मक पाटो पनि छ । केपि ओलीले देखाएको राष्ट्रियता पनि सम्मान योग्य छ। यो कुरा भन्न मलाई कुनै गाह्रो पर्दैन”—उनले भने । अर्को दलले गरेको राम्रो कार्यको सम्मान गर्ने संस्कृति बसाउनु पर्नेमा उनले जोड थियो । शर्माले कांग्रेससहित नेपालका अन्य राजनीतिक दलहरु पनि रुपान्तरण गर्न जरुरी रहेको बताए । भारतीय विदेशमन्त्री सुस्मा स्वराजको भ्रमण कूटनीतिक मर्यादा विपरित भएको भन्दै नेता शर्माले सरकारलाई थाहै नदिइ पार्टीको निम्तामा हुने यस्ता भ्रमणले राष्ट्रलाई कमजोर बनाउने बताए ।

 यसैबीच नेपाली कांग्रेस मेचीनगर नगर समितिले आयोजना गरेको सो कार्यक्रममा पार्टी प्रवक्तामा नियुक्त हुनुभएका नेता शर्मासहित अन्य दर्जनौलाई सम्मान गरिएको छ । मेचीनगर क्षेत्र भित्रका विभिन्न संघ संस्थाहरुमा निर्वाचित भएका कांग्रेसका उम्मेदवारहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा चारआली साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थेवे, दुहागढी रेडक्रसका अध्यक्ष गोपी मैनाली, खुट्टिडाँगी सामुदायिक वनका अध्यक्ष टंक नेपालसहित कार्यसमितिका अन्य सदस्यहरु, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्षसहित अन्य पदाधिकारीहरु लगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस