झापामा धानको विउ नराखी सिधै धान छर्ने मेसिन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २६ 10:07:51

32101-20180209100751.jpg

दमक । झापामा किसानहरुलागि धान खेतीमा प्रयोग हुने नयाँ प्रविधि भित्रिएको छ । प्रधानमन्त्री कृषि आधूनिकरण कार्यक्रम अन्र्तगत धान सुपरजोनमा धान खेतीका लागि  ‘ड्रम सिडर मेशिन’ भित्रेको हो । यसको प्रयोगबाट किसानहरुले धानको विउ नराखी सिधै छर्न सक्ने छन् ।

बनियानीमा किसानहरुलाइ प्रर्दशनी गर्ने र प्रयोगात्मक गरेर देखाउने उदेश्यले सुपरजोन क्षेत्रमा पहिलो ड्रम सिडर मेशिनवाट सिधैं धान छर्ने काम भएको धान सुपरजोन कार्यन्वयन इकाइका प्रमुख  बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाले बताए। यो मेशिनबाट धान रोप्दा किसानले ब्याडमा बीउ राख्नु पर्दैन ।

तिम्सिनाका अनुसार यो मेशिनबाट धान रोप्दा खेतमा बीउ उमार्ने तथा तयार गर्ने केहि पनि काम गर्नु जरुरी नहुने भएकाले किसानहरुका लागि धेरै फाइदाजनक हुने गर्छ । अंकुरण भएको धानको बीउ सिधै हिल्याएको खेतमा मेशिनबाट छर्ने काम हुने देखेर किसानहरु यसमा धेरै आकर्षित हुने उहाँको भनाइ छ ।

ड्रम सिडर मेशिनवाट हर्दिनाथ ३ धानको जात लामो ‘सिलेन्ड्रिकल’ दानाहुने भएकाले ठूलो प्वालबाट समेत नियमित एकनासले खस्न गाहे भएकाले यस बिषयमा बिज्ञहरुसँग छलफल गरिने पनि तिम्सिनाले जानकारी दिए । पानीको तह केहि बढि भएको ठाँउमा पनि धान खस्न केहि समस्या भएको उनले बताए ।

पहिलो पटक झापामा यो प्रविधि ल्याएर  प्रयोग तथा प्रदर्शनी गरिएकाले अब कृषक दिवसको सन्दर्भ पारेर बृहत रुपमा यस बिषयमा जानकारी दिइने समेत जनाइएको छ । जसरी पनि प्रविधिमा आधारित कृषि ब्यवसायप्रति किसानको आकर्षण गराएर कम लागतमा बढि उत्पादनमा आफूहरुको ध्यान रहेको भन्दै यो प्रविधि नौलो भएकाले किसानहरु अझै पनि बिश्वस्थ भने नरहेको पाएको तिम्सिनाले बताउनु जानकारी दिए ।

बीउ राख्नु नपर्दा समय र आर्थिक रुपमा समेत किसानहरुलार्इ धेरै राहत हुने छ । धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराइका अनुसार यो उपकरण अहिलेसम्म देखिएका बिभिन्न कृषिजन्य औजार तथा उपकरणहरुमध्ये छरितो देखिएको छ । यसको प्रभावकारीता देखिएमा यो प्रत्येक किसानहरुसम्म पुर्याउन प्रयत्न गरिने छ ।

जमिन एकनाशले नमिल्दा, खेतका गराहरु साना हुँदा र यो चलाउने ज्ञान तथा सीप नहुँदा शूरुवाती चरणमा भने केही समस्याहरु देखा पर्ने भए पनि मेसिनको प्रयोग गर्दै गएपछि सजिलो हुने अध्यक्ष भट्टराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस