भित्रियो नेपालमा ईट्टा उत्पादन गर्ने आधुनिक मेसिन


अनलाइन, प्रकाशित मिति : २०७४ ,माघ , २४ 14:11:40

32063-20180207141140.jpg

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ कठौनास्थित जय शिव ईट्टा उद्योगले मेसिनद्वारा उत्पादन सुरु गरेको छ । उच्च प्रविधियुक्त मेसिनद्वारा ईट्टा उत्पादन गर्ने पूर्वाञ्चलकै यो पहिलो उद्योग हो ।

केही महिनाअघि मजदुर नआउँदा उद्योगले करीब १२ लाख रुपैयाँ घाटा ब्यहोर्नुपरेपछि सञ्चालक दुर्गानन्द साहले ‘ब्रीक मेकिङ्ग मेसिन’ जडान गरेर उत्पादन थालेका हुन् ।

१ करोड ५० लाखको लागतमा खरिद गरिएको उक्त मेसिनले प्रतिघण्टा १२ हजार ईट्टा बनाउन सक्ने जनाइएको छ । मेसिन सञ्चालनमा आएपछि मजदुर खोज्ने झन्झट सकिएको र आकर्षक बनावटका कारण मागमा पनि वृद्धि भएको सञ्चालक साहको भनाइ छ ।

मेसिन सञ्चालन गर्न तीन जना मजदुर भए पुग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस