कमल गाउँपालिकाको ब्याग बालबालिकाको हातमा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २२ 17:50:21

32018-20180205175021.jpg

केरखा । कमल गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२५ जना विद्यार्थीलाई आज स्कूल ब्याग प्रदान गरेको छ ।

सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई नियमित विद्यालय आउन उत्प्रेरित गर्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकालाई स्कूल ब्याग वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले बताए । 

विद्यार्थी र अभिभावकलाई उत्प्रेरित गर्दै गाउँपालिका पनि शिक्षा क्षेत्रमा सक्रियतापूर्वक उपस्थित छ भन्ने जनाउन यस्तो अभियान चलाइएको अध्यक्ष मेनुका काफ्लेले जनाइन् । बालबालिकालाई नियमित विद्यालय जान उत्प्रेरणा जगाउन यस्तो अभियान फलदायी बन्ने अध्यक्ष काफ्लेको विश्वास छ ।

बालबालिकालाई ब्याग प्रदान गर्ने कार्य निरन्तर जारी रहने जनाइएको छ । 

प्रतिकृया दिनुहोस