एनएमसीले दियो अचार बनाउने तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २२ 17:37:43

32017-20180205173743.jpg

ईंटाभट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगतको महिला समितिको आयोजनामा आज अचार बनाउने तालिम सम्पन्न भएको छ ।

ईंटाभट्टास्थित एनएमसी डेरीमा सम्पन्न तालिममा संस्था अन्तर्गतका चारवटा कार्यालयहरु काँकरभिट्टा, धुलाबारी, बाहुनडाँगी र ईंटाभट्टका संस्थासँग कारोबार गर्ने ४–४ समूह तथा सदस्यको सहभागिता रहेको थियो । 

तालिमको सहजीकरण खाद्य विशेषज्ञ एवम् एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले गरेका थिए । एनएमसी महिला समिति संयोजक भगवती घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, सदस्य नारायणप्रसाद कोइरालाको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन तथा स्वागत संस्थाका सामुदायिक विभाग प्रमुख हरिभक्त बरालले गरेका थिए ।

प्रतिकृया दिनुहोस