काँकरभिट्टामा ‘बोर्डर म्युजिक फेस्टिबल’ हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २२ 16:07:59

32015-20180205161232.jpg

झापा । ‘भ्यालेन्टाइन डे’ को अवसरमा झापाको काँकरभिट्टामा तीन दिने ‘बोर्डर म्युजिक फेस्टिबल’ हुने भएको छ ।

आगामी फागुन ३, ४ र ५ (फेबररी १५, १६ र १७) गते काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा म्युजिक फेस्टिबल आयोजना गर्न लागिएको आयोजक ‘अन्त्यको सुरुवात’ समूहका संयोजक म्याक्स अभय पोखरेलले जानकारी दिए ।

‘रकिङ पर्फमेन्स’ रहने उक्त सांगीतिक कार्यक्रम चेलीवेटी बेचविखन विरुद्ध ‘बोर्डर’मा युवाहरुको आवाज बुलन्द पार्ने उद्देश्यले आयोजना गर्न लागिएको संयोजक पोखरेलले बताए ।

म्युजिक फेस्टिवलमा पहिलो दिन ‘अन्डरसाइड’ को विशेष प्रस्तुती रहनेछ भने दोस्रो दिन गायक नविनकुमार भट्टराईले प्रस्तुती दिनेछन् । त्यस्तै, फेस्टिबलको अन्तिम दिन ‘अभया एण्ड दि स्ट्रिम इन्जिन्स’ ले काँकरभिट्टा तताउनेछन् । कार्यक्रममा हिपअप, लाइभ ब्याण्ड, डिजे सेसन प्रस्तुती समेत रहनेछ भने स्थानीय कलाकारहरुले समेत कला प्रस्तुत बताइएको छ । तीन सय रुपैयाँ प्रवेश शुल्क रहेको उक्त म्युजिक फेस्टिबलको तयारी तिव्र पारिएको आयोजक समितिका संयोजक सुमन थापाले बताए ।

 

प्रतिकृया दिनुहोस