झापामा नसर्ने रोगीको संख्या थपिँदै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २० 20:44:01

31973-20180203204401.jpg

भद्रपुर । झापाका मानिसमा नसर्ने कडा खालको रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको विवरणले वार्षिकरुपमा मिर्गौला, मुटु र अर्बुद रोगीको संख्या बढ्दै गएको देखाएको हो ।

कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०७०/७१ मा मिर्गौला रोगबाट पीडित ५२ जना, मुटु रोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिएका छन् । आव २०७१/७२ मा मुटु रोगी १२०, मिर्गौला रोगी ६५ र अर्बुद रोगी २३३ जना देखिएका छन् । 

यस्तै कडा खालका रोग लागेका बिरामी २०७२/७३ मा मुटुरोगी १४३, मिर्गौला रोगी ७२ र अर्बुद रोगी २५५ जना देखिएकोमा आर्थिक वर्ष २०७३/७४ मा मुटुरोगी २१३ जना, मिर्गौला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना, दिमागी रोग भएको एकजना र पार्किन्सन रोगी एक जना भेटिएको हो ।

तुलनात्मक रुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आर्थिक वर्षमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको पाइएको छ । मिर्गौला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह मान्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
 

प्रतिकृया दिनुहोस