पुनःजीवनको प्रयासमा सिद्धि विनायक साकोस


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , २० 16:51:40

31969-20180203165140.jpg

बिर्तामोड । यहाँस्थित सिद्धि विनायक साकोसले आज आफ्नो छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतको प्रमुख आतिथ्यमा आयोजित साधारणसभा उद्घाटन समारोहमा राउतले सहकारीमा लागेर आफूलाई के प्राप्त भयो भन्ने कुरामा नलागी सदस्य र समाजलाई के दिन सकियो भन्ने सोच्नु पर्ने सुझाव दिए । 

उनले सहकारीमा युवाको आकर्षण बढाउन विद्यालयमा नै सहकारी शिक्षा दिनुपर्ने भन्दै युवा पुस्ताको सक्रियतामा सहकारी अघि बढ्ने बताए । 

उद्घाटन सत्रमा संस्थाका अध्यक्ष ध्रुवकला पराजुली शिवाकोटीले वार्षिक नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७३/७४ को आय व्यय विवरण प्रस्तुत गरिन् । 

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा शेयर १८ लाख १७ हजार रुपैयाँ, निक्षेप दायित्व ४५ लाख ८२ हजार ५४४ रुपैयाँ तथा कर्जा सापटी १२ लाख ५० हजार रुपैयाँ समेटिएको ७१ लाख ६१ हजार २६८ रुपैयाँको वासलात उल्लेख छ ।

संस्थामा ११४ जना महिलासहित ५१२ जना शेयर सदस्यहरु रहेका छन् ।

विगत केही वर्षदेखि निस्क्रियजस्तै बनेको संस्थालाई पुनःजीवन दिन केही नयाँ सदस्य तथा शेयर रकम थप गरेको कार्यक्रमका सञ्चालक तुलसीराम मैनालीले बताए । 

कार्यक्रममा गोदावरी साकोसका उपाध्यक्ष रामबहादुर बस्नेत तथा संस्थाका सदस्य हरि दियालीले आफ्ना धारणा राखेका थिए । 
 

प्रतिकृया दिनुहोस