क्यान महासंघको जिल्ला स्तरीय कोडिंग प्रतियोगिता 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १८ 14:17:47

31920-20180201141747.jpg

झापा । कम्प्युटर एशोसिएन नेपाल क्यान महासंघ झापा शाखाले मंगलबार झापाको धुलाबारीमा जिल्ला स्तरीय कोडिंग प्रतियोगिता सम्पन्न गरेको छ । 

धुलाबारीको इस्ट होराइजन इंगलिस स्कूलमा सम्पन्न प्रतियागितामा २१ वटा विद्यालयमा १२ कक्षाको कम्प्युटर साइन्समा अध्ययनरत ४२ विद्यार्थीहरुको सहभागिता थियो । 

विद्यार्थीको कम्प्युटर विषयप्रतिको लागब बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता अन्तरगत पहिलो छनोट चरण सम्पन्न भएको हो । सहभागी मध्येबाट फाइनल राउण्डको लागि  १० जना प्रतियोगी छानिएको क्यान महासंघ झापाका अध्यक्ष लक्ष्मीकान्त खनालले जानकारी दिए । 

फाइनल राउण्ड बिर्तामोडको गोमेन्द्र बहुमुखी क्याम्पसमा आउदो माघ २७ गते हुने गरी कार्यक्रम तय गरिएको अध्यक्ष खनालले जानकारी दिए । 

क्यान महासंघ प्रदेश नं. १ का उपाध्यक्ष भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता क्यान जिल्ला अध्यक्ष लक्ष्मीकान्त खनालले गरेका थिए । 

एन–प्याब्सन झापाका अध्यक्ष संजिव रार्इ, इटहरी इन्टरनेसनल कलेजका गोविन्द थापा,  गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रिन्सिपल रुपक खनाल, क्यम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका निश्चल सिम्खडा र अर्जुनधारा नपा सूचना प्रविधि अधिकृत बिनोद खनालको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस