‘रक्तिम मनहरु’ विमोचित


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १७ 19:27:17

31888-20180131192717.jpg

धुलाबारी । इन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरका अध्यक्ष मिरा पोखरेलको कथा संग्रह ‘रक्तिम मनहरु’ आज विमोचन गरिएको छ । 

धुलाबारीस्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सो कथा संग्रह विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका शिक्षा संकाय प्रमुख आशा शर्मा शिवाकोटीले सो कथा संग्रह विमोचन गरिदिएकी हुन् । 

पुस्तक विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य यज्ञराज प्रसाई, अग्रज पत्रकार चन्द्र भण्डारी, आख्यानकार पुण्य बराल, साहित्यकार तेजराज खतिवडा (तेराख) लगायतको उपस्तिथिमा पुस्तक विमोचन गरिएको हो । 

इन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरका उपाध्यक्ष मुनामाया राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव रेजिना घिमिरे तथा सञ्चालन सचिव कविता शर्माले गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस