काबुलमा आत्मघाती विस्फोट, कम्तीमा ४० जनाको मृत्यु, १४० बढी घाइते


प्रकाशित मिति : २०७४ ,माघ , १३ 20:06:54

31794-20180127200654.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार आत्मघाती आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । अरु १४० जनाभन्दा बढी घाइते भएका छन् ।

अस्पतालहरुमा उपचार गराइरहेकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

एम्बुलेन्समा विस्फोटक पदार्थ लिएर आएका आक्रमणकारीले प्रहरी चेकपोस्ट हुँदै सार्वजनिक यातायात सन्चालन हुने स्थाननजिकै लगेर विस्फोट गराएका थिए ।

विगतमा आन्तरिक मन्त्रालय र विदेशी कूटनीतिक नियोगका कार्यालयहरु रहेका स्थाननजिक यो घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आक्रमणको जिम्मा तालिबानले लिएको छ । कट्टरपन्थी इस्लामिक समूह तालिबानले अफगानिस्तान र पाकिस्तानका विभिन्न भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस