बडागाउँको स्वास्थ्य शिविरमा २०० ले लिए सेवा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १३ 19:26:11

31788-20180127192611.jpg

मेचीनगर । धुलाबारी महिला बचत समूह तथा नेपाल रेडक्रस सोसाइटी मेचीनगरको संयुक्त आयोजनामा आज भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

मेचीनगर–३ को बडागाउँस्थित बलभद्र आधारभूत विद्यालयमा शनिबार भएको स्वास्थ्य शिविरमा नाक, कान, दाँत र आँखाको परीक्षण गरिएको हो ।

शिविरमा प्राविधिक सहयोग दिव्यज्योति आइ एण्ड इयर केयर सेन्टर काँकरभिट्टा, न्यू अष्ट डेन्टल क्लिनिक काँकरभिट्टा, अष्ट डेन्टल क्लिनिक बिर्तामोडको रहेको थियो । 

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको आँखा तथा दाँतको परीक्षण गरेर उद्घाटन गरिएको शिविरमा वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरका सभापति हेमन्तराज दवाडी, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार दास, महिला नेत्री रेणुका डाँगीलगायतले स्वास्थ्य शिविरको औचित्य बारेमा बोलेका थिए ।

संस्थाकी सदस्य अम्बिका भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पारिजात महिला सञ्जालकी अध्यक्ष गायत्री पौडेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस