झापामा आयुर्वेद औषधि व्यवसायी संघ गठन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १२ 19:26:25

31767-20180126192625.jpg

भद्रपुर । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा भद्रपुरका पंकजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोडमा आज शुक्रबार आयुर्वेद औषधि व्यवसायीहरुको प्रथम भेलाले जिल्ला आयुर्वेद औषधि व्यवसायी संघ गठन गर्दै अध्यक्षमा शर्मालाई चयन गरेका हुन् ।

अध्यक्ष शर्माले विगत १८ वर्षदेखि पंकज आयुर्वेद औषधि पसलका सञ्चालन गरिआएका छन् । उनी आयुर्वेदका क्षेत्रमा दक्षता हासिल गर्दै गएका युवा हुन् । 

जिल्ला उपाध्यक्षमा दमकका गंगा ढकाल, सचिवमा बिर्तामाडका भगिहाङ्ग लिम्बू, सहसचिवमा दमकका चूडाराज खनाल र कोषाध्यक्षमा दमककै युवराज भट्टराई चयन भएका छन् । 

त्यसैगरी सदस्यमा बिर्तामोडका रणदेव हजाम, दमकका गणेश न्यौपाने, कनकाईका ओमप्रकाश मैनाली र शिवसताक्षीका सावित्रा पाण्डे चयन भएका छन् ।

व्यवसायी रणदेव हजामको अध्यक्षता तथा नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष जंगराज गिरीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।  

प्रतिकृया दिनुहोस