मोर्डन माविमा सांस्कृतिक कार्यक्रम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १२ 19:18:30

31766-20180126191830.jpg

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ६ मा सञ्चालित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयमा आज अतिरिक्त कृयाकलाप अन्तरगत विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत कक्षा ९ को आयोजनामा नृत्य, गायनलगायत विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा विभिन्न जातीय सांस्कृतिक प्रस्तुति गरिएको थियो । 

कार्यक्रममा प्रिन्सिपल ध्रुब भण्डारी, शिक्षक नारायण उप्रेतीले अतिरिक्त क्रियाकलाप सम्बन्धी मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस