माइ नगरपालिकामा आयुर्वेद शिविर 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , १० 16:43:15

31717-20180124164315.jpg

दानाबारी । पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको छ । आधुनिक जीवनशैली र विषादीयुक्त खानपानले मानिसहरुमा नसर्ने अर्वुद रोगले बढी सताउन थालेपछि मानिसहरुमा एलोपेथिकभन्दा आयुर्वेदिक उपचारमा चासो र आकर्षण बढ्न थालेको हो । 

आयुर्वेद विभाग मेचीको आयोजना तथा माइ नगरपालिकाको सहयोगमा मंगलबार माइ नगरपालिका–२ सितली इलाममा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जसमा माइ नगरका साथै झापाबाट समेत ५०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् । 

इलाम क्षेत्र नं १ को ख का प्रदेशसभा सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको शिविरमा झापा तथा इलामका चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुका साथै औषधी समेत वितरण गरिएको थियो । 

आयुर्वेद विभाग मेचीका प्रमुख खगेन्द्र पौडेलका अनुसार वर्षमा एकचोटी जिल्लामा गरिने ठूलो स्वास्थ्य शिविरको कार्यक्रमअनुसार इलाम जिल्लाको गरुवा बहुमुखी क्याम्पसमा शिविर राखिएको हो । शिविरमा सबै प्रकारका चेक जाँच गरी विरामीहरुलाई आयुर्वेद पद्धतिअनुसार औषधी उपचार गर्नुका साथै सचेतना समेत दिइएको थियो । 

शिविरमा डा. रामकृष्ण आचार्य, केनिन राईलगातयको आयुर्वेद चिकित्सक टोलीले सेवाग्राहीको स्वास्थ्य जाँच गरेको थियो । सो क्षेत्रमा कुनै पनि आयुर्वेद औषधालय नहुँदा सेवा लिनका लागि ३० किलोमिटर टाढा झापा जिल्लाको विर्तामोडसम्म पुगेर सेवा लिनुपर्दा सर्वसाधारण आयुर्वेदिकभन्दा पनि एलोपेथिक औषधी सेवन तथा उपचार विधी प्रयोग गर्न बाध्य हुनुपरेको माइ नगरपालिका–२ का वडाध्यक्ष खम्बसिंह लिम्बूले बताए ।

प्रतिकृया दिनुहोस