आराका भद्रपुरले लक्ष्य चुम्यो


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , ९ 17:08:55

31691-20180123170855.jpg

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १५ करोड ४० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

कार्यालयले  विभिन्न शीर्षकमा चालू आवको ६ महिनामा एक अर्ब ११ करोड ४१ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४ करोड रुपैयाँ बढी संकलन गरेको कार्यालयले जनाएको हो । 

मेची अञ्चल भित्र रहेका करदाता सेवा कार्यालयहरु इलाम र दमकसहितका कार्यलयहरुबाट विभिन्न शीर्षकहरुमा  संकलित आयकर असुलीमा ४९ करोड २४ लाख ८२ हजार रुपैयाँ, बहाल कर चार करोड ८२ लाख ८८ हजार रुपैयाँ र ब्याज करबाट चार करोड ६९ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।  

त्यसैगरी मूल्य अभिवृद्धि कर आन्तरिक तर्फ ३७ करोड ३८ लाख ९६ हजार रुपैयाँ, अन्तशुल्क १४ करोड ८१ लाख ६४ हजार रुपैयाँ, स्वास्थ्य सेवा शुल्क ३३ करोड आठ लाख ५० हजार रुपैयाँ र  शिक्षा सेवा शुल्कबाट १० करोड ४२ लाख तीन हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

चालू आर्थिक वर्षको ६ महिनाका लागि राखिएको लक्ष्यभन्दा माथि कर संकलन गरेको भद्रपुर कार्यालयले आर्थिक वर्ष २०७४।०७५ को लागि दुई अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोे छ ।

प्रतिकृया दिनुहोस