त्रिफलामा आज एकैपटक आधा दर्जन कृतिको विमोचन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , ८ 20:22:34

धुलाबारी । आज सरस्वती पूजाको अवसरमा त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीमा विभिन्न कृतिहरु विमोचन गरिएको छ । सरस्वती पूजा तथा कृति विमोचन कार्यक्रमको आयोजना गरी नेपाल तथा भारतका स्रष्टाहरुले सिर्जना गरेका कृतिहरुको विमोचन गरिएको हो । 

साहित्यकार बिनोद खनालको कथा संग्रह “फर्किएर हेर्दा” र मातृका संग्रौलाको निबन्ध संग्रह “मेहेनतका मुठी साँधेर ढिकुटी” विमोचन गरिएको हो । 

यस्तै सिक्किमका साहित्यकार हरि ढुङ्गेलको कविता संग्रह “नवपथ”, विन्दा खरेलको कविता संग्रह “मनोभाव’, टिका ढुङ्गेलको “समीक्षाका छालहरु” कृतिहरुको पनि विमोचन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि भारतको सिक्किमका साहित्यकार मुक्ति उपाध्याय, हरि ढुङ्गेल र दिलिप संग्रौलाले कृतिहरु विमोचन गरेका हुन् । विद्याकी देवी सरस्वतीको पूजाका साथ सम्पन्न कार्यक्रममा साहित्यकारहरु रोहिणी विलास लुइँटेल, तेजराज खतिवडा (तेराख) लगायतको सहभागिता थियो । 

त्रिफला राष्ट्रिय पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहालको सभापतित्व तथा स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जयप्रसाद आचार्यले गरेका थिए । 

प्रतिकृया दिनुहोस