नेपाली दूताबासका कर्मचारीलाई युएईमा भब्य स्वागत


सूर्य खवास , प्रकाशित मिति : २०७४ ,माघ , ८ 16:30:10

31661-20180122163010.jpg

युएई । गैैर आवासीय नेपाली संघ युएई, राष्ट्रिय समन्वय समिति र नेपाल आदिवासी जनजाति महासंघ युएईको संयुक्त आयोजनामा युएईको नेपाली राजदुतावसका नयाँ कर्मचारीहरुको हिजो स्वागत तथा सम्मान गरिएको छ । 

नेपाली दूताबासका नव नियुक्त उपनियोग प्रमुख एवम्  कार्यवाहक राजदूत सागर फ़ुयाँल, श्रम सहचारी मोतीराम भुसाल र तृतीय सचिव नारायण ज्ञवालीको स्वागत गरिएको हो । 

युएईमा क्रियाशील दर्जनौं नेपाली संघ–सस्थाहरुले एउटै मंचमार्फत् नयाँ कर्मचारीहरुको भब्य स्वागत गरेका हुन् । सहभागी संस्थाका प्रतिनिधिहरुले नवआगन्तुक कर्मचारीहरुलाई खादा, अबिर, टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा सरिक भएका संस्थाका प्रतिनिधिहरुले नयाँ कर्मचारीहरुलाई नेपाल र नेपालीको इज्जत बढाउने कार्य गर्न सुझाए । यूएईमा कार्यरत नेपालीहरुका समस्याहरु समाधान गर्न नयाँ टीमले अझ क्रियाशीलता देखाउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । 

उनीहरुले नेपालीले दुबईमा भोगेका समस्याहरुलाई बुँदागत रुपमा राख्दै समस्याहरुको सुनुवाइको लागि दूतावासले पहल गरेमा यहाँका संघसस्थाले आगमनमा मात्र स्वागत होइन सफल कार्यको खुसियालीमा पनि यसैगरी खुशीसाथ बिदाइ गर्न पाइयोस् भन्दै शुभकामना पनि दिए ।

स्वागत र सम्मान पछि बोलेका नयाँ कर्मचारीहरुले पनि सम्मानसहित लगाइदिएको खादालाई आफ्नो  जिम्मेवारी सम्झिएको बताउँदै विधिसम्मत र नियम कानुनको परिधिभित्र रहेर आफुहरु सधै यहाँ रहेका नेपालीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । 

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव कुमार बलामीले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन एनआरएन युएईका महासचिव कृष्ण पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस