​एनआरएनए युएईद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न


सुर्य खवास, साझामञ्च, प्रकाशित मिति : २०७४ ,माघ , ६ 14:29:22

31597-20180120142922.jpg

युएई । गैर आवसीय नेपाली संघ युएई, राष्ट्रिय समन्वय समितिले जनवरी महिनालाई स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने घोषणा गरेअनुसार १९ जनवरीमा नेपाली राजदुतावास, आबुधाबीको हातामा बृहत्  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

एनआरएनए युएई, राष्ट्रिय समन्वय समितिको आयोजना तथा आबुधाबी क्षेत्रीय समितिको व्यवस्थापन रहेको कार्यक्रममा दुतावासका द्वितीय सचिव कृष्ण अर्याालको उपस्थिति रहेको थियो । 

रक्तदान तथा स्वास्थ्य सम्बन्धी चेतनामुलक अभियान अन्तर्गत पहिलो चरणमा रक्तदान कार्यक्रममा ८० पुरुष र २० जना महिला गरी १०० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक निर्मल पोखरेलले जानकारी दिए ।

एनआरएनए युएईले घोषणा गरेको चेतनामुलक स्वास्थ्य अभियानको दोश्रो चरण अन्तर्गत आगामी २६ जनवरीका दिन श्रमिकहरुको लागि अहलिया हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर गर्दैछ । 

शिविरमा निशुल्क स्वास्थ्य परीक्षण तथा अस्पतालका नेपाली डाक्टर गोपालमान श्रेष्ठले चेतनामुलक प्रशिक्षण दिने आयोजकले जनाएको छ । 

संघको चुनावका बेला गरिएको प्रतिबद्धता अनुसार युएईमा कार्यरत सबै नेपालीसम्म पुग्ने अभियान अन्तर्गत एनआरएन युएईले गत महिना खेलकुद, जनवरी महिनामा रक्तदान, स्वास्थ शिविर र स्वास्थ्य परीक्षण, फेब्रुअरीमा चेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको संघका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिइन् ।

यसैगरी गतवर्ष जस्तै नेपालको सिस्नोपानी समूहसँगको सहकार्यमा एनआरएनए आइसीसीको योजना अन्तर्गत ‘दुई थोपा हाँसो’ अभियान युएईबाट शुरु गरिने संघले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस