जीव वैज्ञानिक गुरुङले लेखेर गाए राष्ट्रिय गीत (म्यूजिक भिडियोसहित)


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,माघ , ५ 07:16:24

31540-20180119071624.jpg

झापा । नेपाली गीत संगीतको दुनियाँमा एउटा राष्ट्रिय गीत थपिएको छ ‘वीरताको कथा लेख्ने हामी नेपाली’ सर्जक हुन्, जीव वैज्ञानिक जीवन गुरूङ ।

आफ्नै शब्द, संगीत र स्वरमा समर्पण एल्वम लिएर स्रोता तथा दर्शक माझ गुरुङ आएका छन् । 

मधेशी, पहाडी, हिमाली हामी सबै नेपाली हौं भन्ने मूलभावका साथ राष्ट्रलार्इ एकतावद्ध बनाउन गीतको माध्यमबाट प्रयास गरिएको सर्जक गुरूङ बताउँछन् ।  विभिन्न जात, धर्म, क्षेत्रमा विभाजित नेपालीहरूलार्इ एक हुन सन्देश दिने गीतको बोल छ । 

बुध्द, सीता, अरनीको, बलभद्र कुँवरजस्ता राष्ट्रिय विभूतीहरूदेखि सगरमाथा, लुम्बिनीजस्ता नेपाल र नेपालीका साझा पहिचानलार्इ गीत र म्यूजिक भिडियोमार्फत् उजागर गर्ने प्रयास गरिएको छ।

पूर्वका रमणीय स्थानहरू दमकदेखि पाँचथरको सिलौटी तथा फिदिमसम्मका दृश्यहरु भिडियोमा समेटिएको छ । जसलार्इ नृत्यमा उतारेको छ फिदिमकै रूबिना डान्स सेन्टरले । 

जीवन गुरूङको शब्द, संगीत र स्वरलार्इ फणिन्द्र राइले संगीत संयोजन गरेका छन् भने यसको अडियो जिग्मे मिडिया प्रोडक्सनले बजारमा ल्याएको हो ।

ज्ञानेन्द्र कोइरालाको छायांकन तथा सम्पादनमा केही वर्षदेखि निन्तर संघर्षरत निर्देशक अर्चना गरूङको निर्देशनमा कलाकार रूबिना राइलगायत भिडियोमा फिचर भएका छन ।

गुरुङका सिर्जनाहरु आइ लभ यू बेबी,  आकाशमा जुनसँगै लगायत गीत तथा भिडियो यसअघि नै सर्वजानिक भैसकेका छन् ।

उनले आगामी दिनमा पनि क्याम्पसको प्राध्यापनसँगै गायन र संगीतलाई साथसाथै अगाडि बढाउने बताएका छन् ।

प्रतिकृया दिनुहोस