प्रवासी नेपाली मंच युएई दुबई राज्य कमिटीमा नयाँ नेतृत्व


सुर्य खवास, साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २९ 15:25:36

31418-20180113152536.jpg

युएई । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च युएई, दुबई राज्य कमिटीको छैटौ अधिवेशन शुक्रबार १२ जनवरीमा सम्पन्न भएको छ । 

प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटीका अध्यक्ष श्याम कँडेलको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनले मणिराम खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

अधिवेशनमा अध्यक्ष खतिवडाले प्रस्तुत गरेको राज्य कमिटीको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ । 

नयाँ कार्य समितिको उपाध्यक्षमा कैलाश भण्डारी, सचिवमा दिलिपकुमार खाती, सह–सचिवमा भगिरथ चापागाईं, आर्थिक विभाग प्रमुखमा बस्ती लामा तथा सदस्यहरुमा राजु बोगटी, बसन्तकुमार कार्की, अनिल श्रेष्ठ, बाबुराम विश्वकर्मा, रिता आचार्य र नेत्र भुषाल रहेका छन् ।

प्रतिकृया दिनुहोस