इलामकाे श्रीअन्तुमा अागलागी


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २८ 14:31:15

31400-20180112143115.png

इलाम ।  इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा आगलागी भएको छ । सूर्योदय नगरपालिका – ४  मा सञ्चालित अन्तु कटेजमा आज विहान आगलागी भएको हो ।

आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ,भने करिब ९ लाख ५० हजार रूपैयाँ मूल्यबराबरको क्षति भएको सञ्लक धरणी घिमिरेले जनाए।

कसरी  आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक घिमिरेले भने, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो लाग्यो रहस्यकै विषय बनेको छ ।”

आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका प्रमुख विमलकुमार निरौलाले जानकारी दिए । स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ताकपडालगायत सामग्री जलेर क्षति भएको उनले बताए ।

आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् । अन्तु कटेज इलाकामा धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गरेका हुन् ।

प्रतिकृया दिनुहोस