दाताको सहयोग सम्पन्नलाई नै बढी


प्रकाशित मिति : २०७४ ,पौष , २८ 08:01:39

31392-20180112080139.jpg

काठमाडौं । दातृ निकायले मानव विकास सूचकांक (एचडिआई) सबैभन्दा उच्च भएको क्षेत्रमा नै बढी सहायता उपलब्ध गराएको पाइएको छ।

आर्थिक वर्ष सन् २०१६/१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थमन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडिआई सबैभन्दा उच्च भएको प्रदेश १ र ३ मा दातृ निकायले सबैभन्दा बढी खर्च गरेको देखिएको छ। नेपालका ७ प्रदेशमध्ये प्रदेश १ को एचडिआई सबैभन्दा उच्च छ। त्यसपछि प्रदेश ३ आउँछ।

प्रतिवेदनअनुसार प्रदेश १ र ३ को एचडिआई क्रमश: ०.५०७ र ०.५०६ छ। आर्थिक वर्ष २०१६/१७ मा दातृ निकायले प्रदेश नम्बर ३ मा सबैभन्दा बढी र त्यसपछि प्रदेश १ मा खर्च गरेका छन्।नागरिक दैनिकबाट ।

प्रतिकृया दिनुहोस