बिर्तामोड वडा नं. ५ को परिषद बैठक सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २७ 17:52:36

31381-20180111175236.jpg

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ को परिषद बैठक आज सम्पन्न भएको छ । वडा परिषद् बैठकमा वडाबासीले पूल, कल्भर्ट, ढल र बाटोको प्रस्ताव बुझाएका छन् । उक्त कार्यक्रमा आगामी दिनमा प्रस्तुत हुने कार्य योजनाहरु माग गरिएको थियो ।
 
ती योजनाहरु मध्ये वडाले सम्पादन गर्ने, नगरपालिकाले सम्पादन गर्ने, प्रदेश सरकारले गर्ने र केन्द्र सरकारले गर्ने गरी चार खण्डमा विभाजन गरी छलफल गरिएको छ ।


 
वडाध्यक्ष रोजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न परिषद् बैठकमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमा शहरी विकास समिति बिर्तामोडका अध्यक्ष जनबहादुर जवेगु, बिर्तामोड नगरापलिका वडा नं. ४ वडा अध्यक्ष कुलप्रसाद संग्रौला, २ नम्बर वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेस बिर्तामोडका उपसभापति लक्ष्मी आचार्यलगायतले आफ्ना धारणा राखेका थिए । 

परिषद् बैठकमा वडा नं. ५ का बासिन्दाको बाक्लो सहभागिता देख्दा जनतालाई कति धेरै विकास चाहिएको रहेछ भन्ने स्पष्ट भान हुन्थ्यो ।
 
कार्यक्रममा आमन्त्रित तथा अतिथिहरुलाई दलित महिला वडासदस्य हर्कमाया विकले शाब्दिक स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वडासदस्य ढाँचाराज कडरियाले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस