मुनाल एकाडेमीमा खेलकुद कार्यक्रम सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २७ 12:35:29

31376-20180111123529.jpg

भद्रपुर । “अनुशासनका लागि खेल व्यवहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान” नारा दिएर मुनाल एकाडेमीले वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर न.पा.– ३, ज्ञाने चौकको मुनाल एकाडेमी ३ दिवसीय खेलकुद कार्यक्रम सम्पन्न गरेको हो ।

 विद्यालयव्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा अतिरिक्त ज्ञान र विद्यार्थीको स्वास्थ्यका लागि आधारभूत आवश्यकताको रुपमा वार्षिक खेल कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गर्दै प्रिन्सिपल इन्द्रबहादुर खतिवडाले शिक्षालाई शैद्धान्तिक भन्दा व्यवहारिक बनाउन अतिरिक्त कृयाकलापलाई महोत्सवका रुपमा विद्यालयले लिने गरेको जानकारी दिए । कार्यक्रममा हाउस वाइज रुपमा विद्यार्थीको समूहले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा– १० सम्मका विभिन्न उमेर समूहमा प्रतिष्पर्धा गरेका ४ सय ५० विद्यार्थी मध्ये १ सय ८० जनाले मेडल जित्न सफल भए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई प्रवन्ध निर्देशक श्रीप्रसाद ढुंगेल तथा प्रिन्सिपल इन्द्रबहादुर खतिवडाले सम्मान सहित पदक हस्तान्तरण गरेका थिए । तीन दिनसम्म चलेको खेल महोत्सव कार्यक्रममा विद्यार्थीद्वारा विविध साँस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो ।

प्रतिकृया दिनुहोस