दमक महोत्सवमा नेपथ्य ब्याण्ड गुञ्जने


चेतन आङथुपो, प्रकाशित मिति : २०७४ ,पौष , २६ 19:16:36

दमक । झापाको दमकस्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा हुने नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतिको लागि कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि नेपथ्य ब्याण्डले लामो समयसम्म विद्यालयको सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमलाई तीन शहरमा यसपटक व्यवसायिकरूपमा गर्न लागेको हो ।
  
दमक पत्रकार सम्मेलन गरेर नेपथ्यले आफ्नो प्रस्तुतिका लागि सबै तयारी  सकिएको कार्यक्रम संयोजक रविन श्रेष्ठले बताएका छन ।

वाईवाईको मुख्य प्रायोजनमा हुने कार्यक्रममा स्थानीय संस्थाहरूको समेत सहयोग रहेको छ । अबका दिनहरूमा सांगीतिक ब्याण्डको लागि पूर्वमा काम गर्ने गाह्रो नहुने वाईवाईका मार्केटिङ प्रमुख योगेन्द्र कार्की बताए ।

स्थापनाको २५औं वर्ष मनाउँदै  नेपथ्यले मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्ने भएको हो । जसको सुरुवात पुस २८ गते झापाको दमकबाट गरिनेछ भने माघ १ गते नारायणघाट र माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ। 

प्रतिकृया दिनुहोस