नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको प्रदेशस्तरीय समिति गठन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २५ 17:56:37

31348-20180109175637.jpg

उर्लाबारी । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको प्रदेश नम्बर १ स्तरीय समिति गठन गरिएको छ ।

मोरङ्गको उर्लाबारीमा सम्पन्न भेलाबाट अध्यक्षमा उज्जवल भट्टराई, उपाध्यक्षमा उमानाथ भण्डारी र ऋषि बच्चन यादव सर्वसम्मत चुनिएका छन् । यस्तै सचिवमा अशोक सुबेदी र कोषाध्यक्षमा कमल बराल निर्वाचित भएको जनाइएको छ । 

समितिको सदस्यहरुमा विश्वबन्धु बुढाथोकी, युवराज भट्टराई, पुष्प घिमिरे, उद्वव मिश्र तथा महिला सदस्य राधा घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक सागर तिम्सिनाले जानकारी दिए ।

संघका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संयोजक रितेस रिमालको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ्ग क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य धनश्याम खतिवडा, संघका पूर्व केन्द्रीय उपाध्यक्ष मोहन अधिकारी, केन्द्रीय सदस्य विवेक निरौलालगायतले मन्तब्य राखेका थिए । 

प्रतिकृया दिनुहोस