प्रदेश नं. १ मा बढीमा ७ जना मन्त्री !


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २५ 16:51:15

31346-20180109165115.jpg

दमक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ५ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हिक्मत कार्कीले १ नं. प्रदेश सरकार सानो आकारको बनाउनेतर्फ आफूहरुको ध्यान जाने बताएका छन् । कार्य सम्पादनलाई सजिलो बनाउन सानो आकारको प्रदेश सरकार बनाउने उनको प्रष्टोक्ति छ । 

प्रेस चौतारी झापा र प्रेस सेन्टर झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य कार्कीले ५ देखि ७ सदस्यीय प्रदेश सरकार बनाएर कार्यारम्भ गरिने विश्वास दिलाएका हुन् ।

धेरै विषयहरु जोडेर फजुल खर्च नहोस् भनी जनताको काम सम्पादनमा सहजताका लागि सानो आकारको प्रदेश सरकार बनाउनु पर्नेमा उनको जोड छ । 

प्रदेश नम्बर १ को राजधानी कहाँ राख्ने भन्ने विषय छलफल र संवादबाट नभए मतदानबाट टुङ्गो लगाउने र माघको तेस्रो सातासम्ममा सरकार बन्ने उनको दावी छ । 

प्रेस सेन्टरका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारले राखेको बिकास सम्बन्धी एक जिज्ञासामा नेता कार्कीले कम्युनिष्ट पार्टीले जनताले अनुभुति गर्ने खालका विकासका काम तथा आर्थिक समृद्धिको काम नगरे जनताको आशा भरोसामा तुषरापात हुने जिकिर गरे । 

प्रतिकृया दिनुहोस