मुनाल एकाडमीमा खेलकुद 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २५ 16:38:08

31344-20180109163808.jpg

भद्रपुर । भद्रपुर ३ ज्ञानेचौकस्थित मुनाल एकाडमीले आजबाट वार्षिक खेलकुद कार्यक्रम सुरु गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा अतिरिक्त ज्ञान र स्वास्थ्यका लागि खेल नाराका साथ कार्यक्रम सुरु भएको हो ।

विद्यालयको वार्षिक गतिविधिबारे जानकारी एवम् स्वागत प्रिन्सिपल इन्द्रबहादुर खतिवडाले गरेको कार्यक्रममा हाउस वाइज रुपमा विद्यार्थीको समूहले पिटी प्रदर्शन गरेका थिए । तीन दिनसम्म चल्ने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको छ ।

प्रतिकृया दिनुहोस