एनएमसी धुलाबारीलाई हाजिरीजवाफको उपाधि


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २३ 15:57:56

31316-20180107155756.jpg

बिर्तामोड । एनएमसी अन्तर कार्यालय हाजिरी जवाफ प्रतियोगितामा धुलाबारी कार्यालयले यो वर्ष उपाधि चुमेको छ । 

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत एनएमसी अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा पुस २२ गते शनिबार सम्पन्न हाजिरी जवाफ प्रतियोगिताको उपाधि धुलाबारी कार्यालयले जितेको हो ।

बिर्तामोडमा सम्पन्न हाजिरी जवाफमा एनएमसी शनिश्चरे कार्यालय दोस्रो र एनएमसी चारआली कार्यालय तेस्रो भए । 

उपाधि जित्ने धुलाबारी कार्यालयसँगै दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने कार्यालयलाई फागुन २४ गते हुने संस्थाको २५औँ वार्षिकोत्सवमा नगदसहित सम्मान गरिने संस्थाले जनाएको छ । प्रतियोगितामा संस्थाका १५ वटा सेवा केन्द्रका कर्मचारीहरुले भाग लिएका थिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले हाजिरी जवाफ प्रतियोगिता आयोजनाको उद्देश्यबारे बोलेका थिए ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरप्रमुख सिवाकोटीले एनएमसीले विषादीरहित सागसब्जीको उत्पादनका निम्ति सुरु गर्न लागेको कृषि परियोजनाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

विषादीरहित नगरपालिका बनाउन एनएमसीले चालेका प्रयासहरु सकारात्मक रहेको अनुभूत गर्दै नगरप्रमुख सिवाकोटीले संस्थाको १० लाख रुपैयाँको सेयर खरीद गरी सदस्यता पनि लिएका छन् ।
 
नगरप्रमुख सिशवाकोटीले शेयर सदस्यताका लागि प्रदान गरेको उक्त रकम बराबरको चेक संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनालीले बुझेका छन् । 

एनएमसी अतिरिक्त क्रियाकलाप समिति संयोजक माधव प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य गोपाल प्याकुरेल र सदस्य सचिव हरिभक्त बरालले गरेका थिए । 

प्रतिकृया दिनुहोस