घोराही उपमहानगरमा थारु भाषा सरकारी कामकाजको भाषा


अनलाइन, प्रकाशित मिति : २०७४ ,पौष , २३ 12:54:06

घोराही । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिका र सबै वडा कार्यालयहरुमा आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

थारु भाषाबाट आएका निबेदनहरु दर्ता गरी कार्य सम्पादन हुने छ भने कार्यालयहरुमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीहरु थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्ने छन् ।

प्रतिकृया दिनुहोस