१ नम्बर प्रदेशका होटल व्यवसायीहरु संगठित


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २३ 12:12:00

धनकुटा । प्रदेश नम्बर १ मा रहेका होटल व्यवसायीहरु संगठित भएका छन् ।

धनकुटाको भेडेटारमा दुई दिने प्रदेश स्तरीय बृहत भेलाले इटहरी होटल एशोसिएसनका अध्यक्ष मणिन्द्र कटुवालको संयोजकत्वमा १ नम्बर प्रदेशस्तरीय होटल व्यवसायी एशोसियसन तदर्थ समिति गठन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्ष भविस श्रेष्ठ, उपाध्यक्षहरुमा भोलानाथ उप्रेती, सुर्वण श्रेष्ठ, पदमकुमारी गुरुङ, महासचिवमा लीलाराज लावती चुनिएका छन् । 

त्यस्तै सचिवद्वयमा देवी पौडेल, राजु लम्साल, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सहकोषाध्यक्षमा विजय तामाङलाई जिम्मेवारी दिइएको छ ।

१४ जिल्लाका २०० भन्दा बढी होटल व्यवसायीहरुको भेलाले २५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिले आगामी ६ महिना भित्रमा विधान निर्माण गरी समितिलाई संस्थागतरुपमा अगाडि बढाउने निर्णय भएको सल्लाहकार सदस्य ज्ञानबहादुर कार्की (हरि)ले जानकारी दिए । 

प्रतिकृया दिनुहोस