भेडियाका कुखुरापालक कृषकलाई तालिम


उमानाथ भण्डारी , प्रकाशित मिति : २०७४ ,पौष , २३ 12:05:51

31310-20180107120551.jpg

सप्तरी । नेपाल वेलहोप एग्रीटेक प्रालि विराटनगरको आयोजनामा कुखुरा पालक कृषकहरुलाई यहाँको भेडियामा एक दिने तालिम प्रदान गरिएको छ ।

भेडियामा ब्रोइलर कुखुरापालन व्यवसाय गर्दै आएका ६५ जना कृषकलाई  कुखुरापालन सम्बन्धी तालिम दिइएको कम्पनीले जनाएको छ ।

तालिममा नेपालमा ब्रोईलर कुखुरा पालनको सुरुवाती अवस्थादेखि वर्तमान अवस्थासम्म आइपुग्दा यसले पुर्याएको योगदानका विषयमा कम्पनीका महाप्रबन्धक मदन केसीले जानकारी गराएका थिए ।

तालिममा कुखुरा पालन व्यवसाय सञ्चालन गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरुका विषयमा चिनियाँ विशेषज्ञ झाँङ्ग जियाङ्गवोले सहजीकरण गरेका थिए । चिनियाँ विशेषज्ञ जियाङ्गवोले कुखुराको खोर व्यवस्थापन, दानापानी, प्रकाश तथा तापक्रमका विषयमा व्यवसायीलाई जानकारी गराएका थिए । 

यसैगरी, कम्पनीका प्रविधिक निश्चल बस्नेतले कुखुरामा लाग्ने रोगहरुका विषयमा सहजीकरण गरेका थिए ।
 

प्रतिकृया दिनुहोस