दिवंगत शेयर सदस्यलाई सहाराको राहत


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २२ 17:26:00

31298-20180106172600.jpg

चारपाने । स्थापनाकालदेखि हालसम्ममा सहारा नेपाल साकोसका दिवगंत भएका शेयर सदस्य तथा कर्मचारीहरूका आश्रित परिवारलाई संस्थाले परिवार स्मृति कार्यक्रम अन्तरगत रकम वितरण गरेको छ । 

२०७४ साल असार महिनासम्म दिवंगत भएका ३५ जना शेयर सदस्य र २ जना कर्मचारी गरी  ३७ जनाका परिवारलाई संस्थाले सहारा परिवार स्मृति कार्यक्रम अन्तर्गत प्रति ब्यक्ति २५ हजार रुपैयाँका दरले रकम वितरण गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा उपस्थित भएका दिवंगत भएका शेयर सदस्यका परिवारलाई संस्थाका अध्यक्ष सञ्जेल, सचिव तथा प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्ली सिटौला र संस्थाका सञ्चालकहरुले राहत रकम प्रदान गरेका थिए । 

संस्थाका कार्यकारी निर्देशक गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने उपसमिति संयोजक सिटौला, परिवारको तर्फबाट मन्जु खनाल, गीता उप्रेती, तुलसी मिश्र, कृष्ण न्यौपानेले मन्तब्य राखेका थिए । 

संस्थाका सञ्चालक सदस्य नरहरि न्यौपानेले सञ्चालन गरेका कार्यक्रममा बोल्ने वक्ताहरुले दिवंगत शेयर सदस्यहरुलाई राहत मार्फत स्मरण गर्ने कार्यक्रम प्रभावकारी भएको बताए । 

प्रतिकृया दिनुहोस