एनआरएनए युएई, आबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की 


सूर्य खवास, प्रकाशित मिति : २०७४ ,पौष , २२ 07:06:55

31282-20180106070655.jpg

युएई । गैर आवासीय नेपाली संघ युएई, अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मतिले दुर्योधन कार्किलाई चयन गरिएको छ ।

गत वर्ष अगष्ट ३१ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मतले चयन भए पनि अध्यक्षमा सहमति हुन नसक्दा उक्त पद खाली थियो । 

झापाका दूर्योधन कार्की  विगत १५ वर्षदेखि युएईको इमिरेटस पेट्रो केमिकल्स सर्भिसमा कार्यरत छन् ।  सन २००७ बाट एनआरएन अभियानमा जोडिएका कार्की  पछिल्लो समयमा झापाली समाज युएईमार्फत् सामाजिक कार्यमा संलग्न हुँदै आएका थिए । 

झापाली समाज युएई, आबुधाबी क्षेत्रीय समितिको उपाध्यक्ष पदबाट राजिनामा दिएर निर्वाचनमा होमिएका कार्कीले झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समितिको कार्यबाहक अध्यक्षको रुपमा ६ महिनाको अनुभव पनि बटुलेका छन् । 

अध्यक्षमा चुनिए पश्चात आफ्नो प्रतिवद्धता मन्तब्यमा कार्कीले  अबका दिनमा एनआरएनलाई सुट र एसीमा बस्नेको मात्र नभई खजुरको बोट मुनि बस्ने श्रमिकले समेत मेरो हो भनी अपनत्व महसुस गर्न सक्ने संस्था बनाउने बताए । एनआरएनको गरिमालाई उच्च राख्दै अन्य सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने उनले विश्वास दिलाए ।

कार्कीसँग प्रतिस्पर्धी रहेका सुमन पराजुलिलाई केन्द्रीय समितिमा मनोनित गरिएको एनआरएनए युएईले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस