क्याप्टेन राजन लिम्बू स्मृतिमा चारआलीमा भलिबल प्रतियोगिता 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , २२ 06:45:59

31280-20180106064559.jpg

चारआली । ‘स्व. क्याप्टेन रञ्जन लिम्बू स्मृति जिल्ला स्तरीय दोस्रो अन्तर विद्यायल शिक्षक भलिबल प्रतियोगिता २०७४’ यही पुस २७ गतेदेखि गरिने भएको छ । 

यहाँस्थित लिटल एञ्जल्स विद्यालयका पूर्व विद्यार्थी तथा स्वर्गीय क्याप्टेन रञ्जन लिम्बूको स्मृतिमा पूर्व विद्यार्थी मञ्चले प्रतियोगिताको आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

मञ्चका अध्यक्ष ख्यामराज निरौलाका अनुसार प्रतियोगिता पुस ३० गते समापन हुने छ । प्रतियोगितामा झापा जिल्लाभरका ५० वटा विद्यालयले सहभागिता गराउने लक्ष्य राखिएको छ । प्रतियोगितामा जिल्ला भलिबल संघले प्राविधिक सहयोग गर्ने भएको छ ।

अघिल्लो वर्षबाट सुरु भएको प्रतियोगितामा यो वर्षको पुरस्कार राशी वृद्धि गरिएको छ । अध्यक्ष निरौलाका अनुसार प्रथम पुरस्कार १५ हजार र द्वितिय पुरस्कार १० हजार रहेको छ । सो पुरस्कार राशी स्व. लिम्बूको परिवारले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

आयोजकले प्रतियोगिता सम्पन्न गर्न एक लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस